‘पोखरामा प्रमोद खरेल’लाई ‘टार्गेट इन्टरनेशनल एजुकेशन’को साथ

पोखरा, ८ चैत । ‘पोखरामा प्रमोद खरेल’ कार्यक्रमका लागि शैक्षिक परामर्श केन्द्र टार्गेट इन्टरनेशनल एजुकेशनले ‘प्रोमोटेड बाइ’ टाइटलमा सहकार्य गरेको छ । पोखरामा हुने कार्यक्रमको व्यवस्थापनको जिम्मा लिएको कम्पनी बार्दली मिडिया प्रालिसंग टार्गेट इन्टरनेशनलले यो सम्झौता गरेको हो ।

टार्गेट इन्टरनेशनल एजुकेशनको तर्फबाट प्रबन्ध निर्देशक भुवन क्षेत्री र बार्दली मिडियाको तर्फबाट इभेन्ट काे-अर्डीनेटर मनकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । ‘ब्यवसायमात्रै नभएर हामी सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि छौँ । त्यसैले पोखरामा प्रमोद खरेल इभेन्टसँग हामी जोडिएका हौँ ।’ सम्झौता पछि टार्गेट इन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक क्षेत्रीले भने -‘साहित्य, कला र खेलकुद जस्ता युवाहरुलाई समेट्ने खालको इभेन्टहरुमा यसअघि पनि हामी व्यवसायिक रुपमा सहभागी हुँदै आएको हो । र, यो निरन्तर रुपमा चल्नेछ ।’

उनले आफू पनि व्यक्तिगत रुपमा साहित्यिक र साँगीतिक फाँटसँग नजिक भएकोले यो सम्झौता अझै सहज भएको बताए । आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक कार्यक्रमहरुमा टार्गेटको उपस्थिती रहिरहने उनले विश्वास दिलाए ।

यस्तै बार्दली मिडियाका इभेन्ट काे-अर्डीनेटर मनकुमार श्रेष्ठले यो सहकार्यले आफूहरुलाई कार्यक्रम सफल बनाउन अझै बढि सहयोग मिलेको प्रतिक्रिया दिए । ‘पोखरामा हामीले प्रमोद खरेलको एउटा ऐतिहासिक कार्यक्रम गर्दैछौँ । र, यो कार्यक्रमका लागि पोखरेलीहरुको यस्तै साथ र सहयोगको हामीलाई खाँचो छ ।’ श्रेष्ठले भने ।

टार्गेट इन्टरनेशनल एजुकेशनले ७ वर्षदेखि पोखरामा रहेर वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ । यो केन्द्रमा विद्यार्थीहरुले उचित परामर्श पाउनुका साथै वैदेशिक अध्ययनका लागि आवश्यक प्रोसेसिङको सुविधा पनि पाउँछन् । त्यस्तै यो शैक्षिक परामर्श केन्द्रमा वैदेशिक अध्ययनका लागि आवश्यक तयारी कक्षाहरु पनि संचालन हुँदै आएको छ ।

बार्दली मिडियाले व्यवस्थापन गर्ने कार्यक्रम ‘पोखरामा प्रमोद खरेल’ चैतको २२ गते पोखरामा हुँदैछ । एभिन्यू ग्रुप अफ कमर्शको आयोजना हुने यो कार्यक्रममा मनिटरिङ पिस फाउन्डेशनले सहआयोजकको रुपमा सहकार्य गरेको छ । कार्यक्रमको तयारीलाई यतिबेला तीव्र पारिएको यसको व्यवस्थापनको जिम्मा पाएको कम्पनी बार्दली मिडियाका प्रबन्ध निर्देशक मन क्षेत्रीले बताए ।

Share on

Leave a Reply

Your email address will not be published. Required fields are marked *