एएफसी कप : दुइ भारतीय क्लवसहित अबहनी ढाका मनाङ मर्स्याङ्दीको प्रतिद्धन्दी

काठमाडौँ : नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपको समूह्य चरणमा दुई भारतीय क्लबसँग खेल्ने भएको छ। मनाङ रहेको समूह इ को बाँकी एक टोलीका लागि भएको प्लेअफमा श्रीलंकल क्लब कोलोम्बो एफसीलाई समग्रमा १-० ले पराजित गर्दै चेन्नायीनले समूह चरणमा स्थान बनाएको हो।

पहिलो लेग बराबरी खेलेको चेन्नाइनले घरेलु मैदानमा भएको दोस्रो लेग १-० ले जितेको हो। भारतीय क्लबका लागि जेज लाख्पेखलुअले एक मात्र गोल गरे।

चेन्नायीनसँगै आइ लिग च्याम्पियन मिनेभर्भा पञ्जाव र बंगलादेशको अबहनी लिमिटेड ढाका मनाङको प्रतिद्वन्दीको रुपमा रहेको छ।

यस समूहका खेलहरु अप्रिल ३ बाट सुरु हुनेछ। मनाङले पहिलो खेलमा अबहानी लिमिटेडसँग खेल्नेछ।

Share on
  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *