संजय दत्त र माधुरी फेरि एकसाथ

साजन र थानेदार जस्ता दमदार फिल्ममा जाेडीका रूपमा देखिएका माधुरी दिक्षित र संजय दत्त फेरि एकपटक पर्दामा एकैसाथ देखिदैछन् । करण जोहरको फिल्म ‘कलंक’मा अभिनेता संजय दत्त र अभिनेत्री माधुरी दिक्षित सँगै देखिने भएका हुन् ।

यो जोडी दुई दशकअघिको निकै लोकप्रिय जोडीमध्ये एक हो। उनीहरुले यसअघि साजन, थानेदार र इलाका जस्ता चर्चित फिल्म खेलेका थिए। जसलाइ दर्शकले अत्याधिक रूचाए  ।

लामो समयपछि माधुरीसँग काम गर्न पाउँदा आनन्द आएको संजयले बताएका छन्। माधुरीले पनि संजयसँग काम गर्न पाउँदाको अनुभव निकै स्वादिलो भएको बताइन्।

फिल्ममा वरुण धवन, आलिया भट्ट, सोनाक्षी सिन्हा र आदित्य राय कपुरको पनि अभिनय रहेको छ। हालसालै फिल्मको ट्रिजर बाहिर आएको थियो।

Share on
  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *