बम विस्फोटपछि देशभरका म्यानपावर कम्पनी बन्द

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको विरोधमा आज देशभरका म्यानपावर कम्पनी बन्द गरिएका छन्।

काठमाडौंकाे बसुन्धरास्थित गुरुङको घरमा गत शुक्रबार राति एक समूहले शुक्तिशाली बम विस्फोट गराएको थियो।

घटना भत्र्सना गर्दै आज एक दिन आइतबार देशभरका म्यापनपावर कम्पनी बन्द गराइएको संघका अध्यक्ष एवं पीडित गुरुङले जानकारी दिए। उनका अनुसार संघमा ११ सय म्यानपवार कम्पनी आवद्ध छन्।

आजै दिउँसो बसुन्धरामा म्यानपावर व्यवसायीको आकस्मिक भेला पनि बोलाइएको उनले जानकारी दिए।

‘हाम्रो व्यवसाय असुरक्षित भयो, अब यो व्यवसाय अगाडि बढाउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा छलफल गर्छाैं,’ अध्यक्ष गुरुङले भने, ‘आजको भेलाले एउटा निर्णय गर्छ।’

बम विस्फोटले अध्यक्ष गुरुङको घरमा आगलागी भएको थियो भने पार्किङ गरी राखिएको गाडी पूर्णरूपमा ध्वस्त भएको थियो। घटनामा चार जना घाइतेसमेत भएका थिए।

‘बम विस्फोट हामीले गराएका हौं’
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको घरमा गत शुक्रबार राति बम विस्फोट गराइएको घटनाको जिम्मेवारी विप्लव नेकपाको भ्रातृ संगठनले लिएको छ।

उक्त पार्टीको भ्रातृ संगठन युवा संगठन नेपालले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएको हो।

Share on

Leave a Reply

Your email address will not be published. Required fields are marked *