मिस्टर एण्ड मिस रोट्रयाक्टकाे फाइनल सनिबार

बाहिरी सुन्दरताको मुल्यांकन् नभई व्यक्तिगत क्षमताको विकास र विषयवस्तुको प्रस्तुती र प्रदशर्न मार्फत बिजेता चुनिने “मिस्टर एण्ड मिस रोटराक्ट सिजन २” को फाइनल आगामी सनिवार सम्पन हुँदै छ । रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल र भुटानको आयोजनामा रहेको कार्यक्रमको फाइनलमा ३६ प्रतियोगीले आफ्नो कौसल प्रदर्शन गर्ने छ्न ।

देशका ५ मुख्य शहर (पोखरा, भैरहवा, चितवन, इटहरी र काठमाडौ) मा माघ १२का दिन अडिसन सम्पन्न भई करिब २०० सहभागी बाट ७७ जना दोस्रो चरणमा छानिएका थिए । यस ती ७७ जनाले तयार गरेको भिडियो वृतचित्रका आधारमा मुल्यांकन भइ ३६ प्रतियोगी (१८ पुरुष र १८ महिला) अन्तिम चरणका लागि छानिएका छन । उक्त ३६ प्रतियोगीलाई ३ दिने बन्द शिविरमा राखि विभिन्न नेतृत्व तथा व्यक्त्तिव विकासको प्रशिक्षण (बुधबार -शुक्रबार, धुलिखेलमा) दिई कार्यक्रमको फाइनलमा प्रस्तुत गरिनेछ । गाएक निर्णय श्रेष्ठ, मेगा बैंकको सि इ यो रबिना देसराज जोशी, रोटरी डिस्ट्रिक्ट ३२९२का डिस्ट्रिक्ट गभर्नर चिन्तामणी भट्टराई लगाय निर्णायक रहेको कार्यक्रममा गायिका केन्जल मेहर श्रेष्ठको विशेष प्रस्तुति हुने रहने छ ।

देशभरी छरिएर बसेका रोटराक्टर र रोटेरियनलाई समावेश गर्ने गरि यस कार्यक्रमको आयोजना गरिएको हो । यस प्रतियोगिताका बिजेताहरु रोटरी नेपालको साक्षरता अभियानका सद्भावना दूत भई काम गर्ने अवसर प्राप्त गर्ने छ्न। यस कार्यक्रमको मुख्य प्रायोजक युनिक्याम्पस ग्लोबल, आर.बी डायमन्डस्, टर्किश एयरलाइन्स र सक्सेस ट्रेडिङ रहेका छन् । यसका साथै कार्यक्रमलाई नेपाल इन्भेस्टमेन्ट बैँक लिमिटेड, रेड बोर्डर, डिश होम, मदर्श आर्म चाइल्ड केयर, काठमाडौ प्याराग्लाइडिङ र भायनेटले पनि सहयोग गरेका छन् ।

Share on
  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *