नेपालको हिमाली क्षेत्रमा महाभूकम्प जान्छ, तयारी गरौंः नयाँ अध्ययन

नेपाल भूकम्पसँग अपरिचित छैन। विशेषगरी दुई महादेशीय प्लेट भारतीय र यूरेसियन प्लेटका कारण त्यहाँको हिमाली क्षेत्र भूकम्पको दृष्टिले निकै सक्रिय क्षेत्रका रुपमा चिनिन्छ।

भारतीय प्लेट प्रत्येक वर्ष सेन्टिमिटरका हिसाबले उत्तरतर्फ सरिरहेको छ। त्यसका कारण तिब्बतियन प्लेटसँग मिल्न जमिनमुनि संघर्ष भइरहन्छ। यसले भूकम्प निम्त्याउन सक्छ।

यो अध्ययनका एक सदस्यको रुपमा रहेकी भू–बैज्ञानिक रेबिया बेन्डिकका भनाईमा, ‘यो प्रक्रिया रवर तन्काएर छाड्नु जस्तै हो।’

पृथ्वीको क्रस्ट अर्थात् चट्टानको भागमा तनाव उत्पन्न हुँदा यहाँनेर रवर तन्काएजस्तै हुन्छ। एक विन्दूमा पुगेर यो फर्किन्छ, जसले गतिलो उर्जा सृजना हुन्छ। त्यसपछि भूकम्प जान्छ।

हिमाली क्षेत्रमा भौगोलिक परिवर्तन हुँदा, मुख्यगरी दुई प्लेटबीच संघर्ष हुँदा जमीनमा ठूलो झड्का पुग्नसक्छ।

सुपर साइकलको जोखिम
हिमाली क्षेत्रको भूकम्पले धेरैखाले तर्क खडा गरदिएको छ। ‘इतिहासमा फर्किएर हेर्दा हिमाली क्षेत्रको भूकम्प अकल्पनीय र असन्तुलित छ’, एक अध्ययनकर्ता फिलिप एभोकले भने, ‘कुनै एक विन्दुमा गएर भूकम्प जाने हुनाले, यो कसरी जान्छ भन्ने कुरा महत्वपूर्ण हो।’

तनाव त्यतिबेला खडा हुन्छ, जब भूकम्पका प्रक्रियाहरु विस्तारै सुरु हुन्छन्। तर भूकम्पको प्रक्रिया विस्तारै सुरु भएपनि त्यो हिमाली क्षेत्रमा भयानक नभएका उदाहरणपनि रहेको उनी बताउँछन्।

यद्यपी यस क्षेत्रमा ठूलो भूकम्प नगएको धेरै बर्ष भएका कारण जनिनमुनि निकै शक्ति संचित भएकाले यो क्षेत्रमा अब आउने भूकम्प निकै शक्तिशाली हुने अनुमान गरिएको छ।

भू–वैज्ञानिकले प्रस्तुत गरेको मोडल अनुसार हिमाली क्षेत्रमा विशेषगरी २ किसिमका भूकम्प जाने गर्दछन्।

मध्यम खालको भूकम्पः यसको म्याग्निच्यूड ७ रेक्टर स्केलसम्मको हुन्छ। यसले महा–भूकम्पजस्तो जमीन चिर्दैन।

महा–भूकम्पः यसको म्याग्निच्यूड ८ रेक्टर स्केलदेखि यो भन्दा माथिको हुन्छ। यसले जमीनमा विकराल अवस्था निम्त्याउन सक्छ।

‘हामीले हिमाली क्षेत्रमा सुपर साइकलको अवस्था भेट्टएका छौँ’, अध्ययनकर्ता दाल जिलियोले भने, ‘मध्यम भूकम्पले सामान्य क्षति पुर्याउँछ। तर जतिपटक कम्पन हुन्छ, यसले त्यतिपटक महा–भूकम्पका लागि शक्ति प्रदान गर्दछ। यसखालको भूकम्प ५ सयदेखि ६ सय बर्षपछि जाने गर्दछ।’

महा–भूकम्पको खतरा
पुराना उदाहरणसँगै यस अध्ययनले यस क्षेत्रमा नयाँ भूकम्पीय खतराको विश्वस्त गर्नसक्ने उदाहरण पेश गरेको छ।

अध्ययनकर्ता बेन्डिकले भने, ‘भूकम्पप्रति हाम्रो बुझाई, संख्यात्मक अनुकरण तथा इतिहासका उदाहरणले प्राय एउटै उत्तर प्रदान गरेको छ कि भूकम्प जान्छ, जान्छ।’

बेन्डिकले सन् २०१७ मा ‘क्वान्टेरी इन्टरनेसनल’ मा भूकम्पको इतिहासको दृष्टिकोणबारे अधययन गरेका थिए। त्यसबेला उनले सन् १९३८ र १९५० मा गएका भूकम्पको उदाहरण दिएका थिए। ती हिमाली क्षेत्रमा करिब ५ सय वर्षपछि भूकम्प गएका थिए।

‘यसको मतलब हिमाली क्षेत्रमा त्यस्ता स्थानहरु छन्, जहाँ भूकम्पीय शक्ति संचित भएर बसेको छ’, उनले भने, ‘त्यसैले त्यहाँ निकै ठूलो भूकम्प जान्छ।’

अब के हुन्छ?
अध्ययनकर्ता बिलहाम भन्छन्, ‘मुख्य कुरा भूकम्प कहिले जान्छ, समय एकिन गरेर कसैले भन्न सक्दैन। तर भविष्यमा भूकम्प जाने निश्चित छ। त्यो अर्को हप्ता, अथवा पाँच शताब्दीपछि पनि जान सक्छ।’

उनका भनाईमा, नयाँ भूकम्पीय मोडल अझै परिस्कृत हुने क्रममा छ। यसले भूकम्पीय जोखिमको बारेमा जान्न सहयोग पुग्नेछ। अहिलेको मोडेलले दुई आयामको बारेमा जानकारी दिन्छ। यसले हिमाली क्षेत्रको जटिल आयामको बारेमा केही बताउँदैन।

अध्ययनकर्ताहरुले तीन आयाममा अध्ययन गर्ने विश्वास लिएका छन्। त्यसले संभावित खतराहरुको जोखिमको बारेमा अझ जान्न मद्दत पुग्नेछ। साथसाथै भूकम्प जानुअघिको तयारीमा पनि निकै फाइदा पुग्नेछ।

सन् २०१८ मा गरिएको एउटा अध्ययनका अनुसार हिमाली क्षेत्रहरु भूकम्पीय दृष्टिले खतरनाक क्षेत्र हुन्। अनुमान अनुसार ८ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएर १५ सय ५ पटक झट्का अथवा पराकम्पन गए त्यसले ६ लाखको ज्यान लिनसक्छ, लाखौँ घाइते हुनसक्छन्।

तत्कालका लागि यी अध्ययनहरु भूकम्प पूर्वतयारीको कार्यका लागि उपयुक्त हुनेछन्।

‘सन् २०१५ को गोर्खा भूकम्प ठूलो भूकम्प थिएन भन्नु यसको उद्देश्य होइन, जसले हिमाली क्षेत्रका मानिसलाई आरामको महसुस गराओस्’ बेन्डिकले भने, ‘भूकम्पबारे पूर्व तयारी गरिए यसले अवष्य पनि भविष्यमा धेरैको ज्यान जोगाउन सक्छ, बजेट जोगाउन सक्छ र दुखद घटनाबाट बचाउन सक्छ।’

(नेसनल जियोग्राफीको ‘साइन्स एण्ड इनोभेसन’ सेक्सनमा शुक्रबार (१७ जनवरी २०१९)  प्रकाशित रिपोर्टको भावानुवाद)

Share on
  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *