लाेकनाटक घेरो अाजदेखि पाेखरा थियटरमा

लाेकनाटक घेराे पाेखरा थियटरमा अाजदेखि मञ्चन हुँदैछ ।  छैठाै प्रस्तुतीका रुपमा घेराेलाई यूथ क्रियसन थियटरले मञ्चन गर्न लागेकाे हाे । घेराे मार्फत यूवा कलाकार कपिल शर्माले निर्देशनमा डेब्यू गरेका छन् । याे उनकाे पहिलाे नाटक निर्देशन हाे ।

केदार पाैडेलले लेखेकाे नाटकले कथाबाचनकाे नाैलाे शैली अवलम्वन गरेकाे निर्देशक शर्माले बताए । हिन्दु संस्कारमा महत्वपूर्ण भजन समाविष्ठ नाटकले सामाजिक विकृति विसंगतीलाई उजागर गरेकाे लेखक केदार पाैडेलले जानकारी दिए । नाटकमा मधुसुदन पाैडेलले भजन रचना गरेका छन् । नाटकमा पाेखरेली साहित्यवृतमा क्रियाशिल साहित्यकारहरुकाे बाहुल्य छ । कपिल शर्मा, मधुसुदन पाैडेल लक्ष्मण डुम्रे ममता मञ्जुल एनिका सापकाेटा प्राञ्जल प्रसुन अञ्जना पाैडेल ताराखर पाैडेल  विनाेद पाैडेल केदार पाैडेल लगायतका कलाकारहरुकाे अभिनय रहेकाे छ ।

नाटकप्रेमीले शुक्रबारदेखि म‌ंसिर २९ गतेसम्म  बेलुकी ५ बजे हरेकदिन नाटक हेर्न सक्नेछन् भने सनिबार र सार्वजनिक बिदाका दिन दिउँसाे १ बजेकाे अतिरिक्त शो हुने निर्देशक शर्माकाे भनाइ छ ।

Share on
  • 101
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *