बलियो सरकारले यस्तो निर्वलियो काम गर्नु भएन्-निर्वतमान कुलपती सरुभक्त

बरिष्ठ साहित्यकार सरुभक्त नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतीका रुपमा एक कार्यकाल सकेर यतिबेला फेरि आफ्नै लेखनकर्ममा फर्किनुभएको छ । नेपालका प्राज्ञिक थलोहरु प्राज्ञिक कम दलगत बुद्धिजिवीहरु थन्क्याउने डस्बिन जस्तो किन बन्छन ? समस्या प्राज्ञिकहरुमा छ कि राजनीतिक दलमा ? अनुभव, र अनुभूतिको कसीमा निर्वतमान कुलपती सरुभक्त..

मेसोमेलो – बाहिरबाट हेर्दा जस्तो देखिन्छ । जुन रुपमा ती प्राज्ञिक थलोहरुको चर्चा हुने गर्छ । त्यस्तै हुँदो रहेछ कि फरक पाउनु भो ? के भन्छ एक कार्यकालको अनुभवले ?

सरुभक्त– केहि फरकपनि छन् । अपेक्षा अनुकुल नभएको जस्तोपनि देखिन्छ । त्यहाँ पुगेपछि यसो गर्छु वा उसो गर्छु भनेर जुन प्रकारको सपना देखिन्छ । ती पुरा नहुन सक्छन् तर जति गरिन्छ त्यो देशको बाङ्मयको लागि, कला, साहित्य र संस्कृतिको लागि हुने भएकाले त्यो आफैमा महत्वपूर्णपनि छ । मेरो हकमा चैं मिश्रित अनुभव छ ।

नयाँ आर्थिक बर्ष शुरु भएपछि अर्थमन्त्रीले जब सदनमा बजेट भाषण प्रस्तुत गर्नु भो । बजेट भाषणमा अकस्मात अचम्भ पार्ने गरि, हामीलाई दुखपनि लाग्ने गरि यी प्रज्ञा प्रतिष्ठानहरुलाई सबलिकृत गर्नका लागि भनेर एउटै बनाईनेछ भनेर बजेट भाषणमा ल्याउनु भयो । मैले तत्काल सामाजिक सञ्जाल मार्फत विरोध गरें । जनआन्दोलनको म्यान्डेटले निर्माण भएका एकेडेमीहरु, जसले आफ्नो ईतिहास बनाईसकेका छन् । तीनको अस्तित्वपनि मेटिने गरि फेरि एउटै बनाउनु भनेको पश्चगमन हुन्छ । फेरि पञ्चायतकालमा फर्केजस्तो हुन्छ भनेर मैले असहमती जनाएँ ।

मेसोमेलो– दलीय भागवण्डाका आधारमा बुद्धिजिवीहरु, प्राडाहरुलाई लगेर थन्क्याउने थलो पनि हो भन्ने छ नि ? प्राज्ञिक थलोहरुले जुन प्रकारले गति लिनुपर्ने हो त्यस्तो हुन नसक्नुका पछि यो भागवण्डा कत्तिको जिम्मेवार छ ?

– यसको लागि सरकार वा दललाई मात्र दोष दिएर हुँदैन भन्ने लाग्छ । वाङ्मयसेवीहरु जो कुनै दलीय भागवण्डाको आधार वा कुनै राजनीतिक दलको निकटताको आधारमा नियुक्त हुन जाने जुन प्रवृति छ नि हामीकहाँ त्यो कत्तिको दोषी छ ? त्यो पनि हेर्नुपर्छ होला ! दुवै पक्ष हेर्नुपर्छ होला ! पञ्चायतकालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान थियो । मेरो त्यहाँपनि अनुभव छ । त्यो समयमा नियुक्तीको जुन प्रकृया थियो त्यो अहिलेपनि लगभग उस्तै छ । उतिबेला दरबार केन्द्रित थियो भनिन्थ्यो । अहिले सरकार केन्द्रित छ । प्रधानमन्त्री केन्द्रित छ । त्यसवेला दरबार केन्द्रित भनिएकाहरुपनि लगभग सवै एक प्रकारले त्यो क्षेत्रमा वा त्यो पदमा जान लायक थिए भन्न सकिने अवस्था थियो । गणतन्त्रसम्म आईपुग्दा त्यो प्रवृति झन्झन् विग्रदै आयो । सबै नियुक्तीहरु राजनीतिक भागवण्डाको आधारमा हुन्छन् भन्नेपनि होईन । तपाईले चारबर्ष अघिको मेरै नियुक्तीलाई हेर्न सक्नुहुन्छ । बरु, त्यहाँ गएपछि मैले सुने को ब्यक्ति कहाँबाट आएको । को, को मार्फत आएको भन्ने कुराहरु सुनिए । मलाई लाग्छ यो विषय झन पछिल्लो समय बढेर गएको छ ।

मेसोमेलो– दलीय भागवण्डाका कारणले तपाईको कार्यकालमा त्यस्तो कुनै अप्ठ्यारो महसुस गर्नु भो ?

– सरकार जब एकभन्दा धेरै दलहरु मिलेर बन्थे नि ! मेरै नियुक्तीका बेला समेत दुईतीनवटा दलको सरकार थियो । अहिले त्यो अवस्था छैन् । अहिले एउटै दलको बहुमत छ । अहिलेको सरकारले विवेक पु¥याउने हो भने दलीयताको बारेमा सोच्नै पर्दैन । यतिवेला देशभरबाट अत्यन्तै योग्य ब्यक्तिहरु चयन गर्न सक्ने अवस्था छ । अहिले बहुमत भएको बेलामा यो सरकारले विवेक प्रयोग गर्नुपर्छ । रह्यो मेरो अनुभवको कुरा, मैले चैं त्यस्तो महसुस गर्नु परेन । मैले बैठक नै राखेर म कुनै दलीयता भन्ने कुरा मान्दिन् । यो विशुद्ध प्राज्ञिक थलो भएको हुनाले तपाईहरु जहाँ जसरी नियुक्त भएर आउनुभएको भएपनि यो थलोभित्र कुनै राजनीतिक गन्ध आउनुहुँदैन । हाम्रा कुनैपनि क्रियाकलापमा राजनीति हुनुहँुदैन् ।यदि कसैले त्यस्तो गर्नुभयो भनेपनि त्यो मेरो सहमति हुँदैन् भनेको थिएँ । सौभाग्य नै भनौं मेरो चार बर्षे कार्यकालमा त्यस्तो केहिपनि भएन । कार्यकालमा जतिपनि क्रियाकलापहरु भए ती सवै सर्वमतले पारित भए । दलीय आधारमा कुनै प्राज्ञ आएको छ र उ योग्यपनि छैन भने कार्यक्रमहरु गर्दाखेरी या अनुसन्धानमूलक क्रियाकलापहरु गर्दाखेरी त्यसमा त असर परि नै हाल्छ । त्यसले देशलाई त क्षति नै हुन्छ । अयोग्यले गर्ने क्रियाकलाप कस्तो हुन्छ ? अयोग्य नै हुन्छ । त्यसले देशलाई नै क्षती गर्छ ।

मेसोमेलो– राज्य र प्राज्ञिक थलोहरुको समन्वयको अवस्था कस्तो पाउनु भो ?

– खासै समन्वय वा तालमेल चैं देखिन् । संस्कृति मन्त्रालयलाई नागरिक उड्ययन तथा पर्यटनसंग जोडेर राखेको छ । जुन आफैमा विसंगति हो के ! संस्कृति मन्त्रालय कि त पहिलेजस्तै शिक्षा मन्त्रालयसंग जोडिनु प¥यो । कि त स्वतन्त्र हुनुपर्ने हो । हाम्रो पहिचानको कुरा हो भने, नेपाली संस्कृतिको कारणले नेपाल र नेपालीको पहिचान बन्छ भन्ने हो भने यसलाई यसरी महत्व दिईनुपर्छ । सरकारले यी एकेडेमीहरुलाई काम गर्न स्वतन्त्र त छोडेको छ तर सवल बनाउनका लागि काम गरेको छैन् । एकेडेमीको बजेट यति न्यून हुन्छ कि त्यसले खासमा काम गर्न सक्ने अवस्था नै छैन् । एकेडेमीका प्रति बाहिरी धारणापनि राम्रो छैन् । सरकारसंग मिलेर, सघाएर एकेडेमीलाई बलियो बनाएर जाउँ भन्ने कुनै बुद्धिजिवी पनि भेटिँदैन् । सरकारलेपनि एकेडेमीलाई बजेट दिनु भनेको भिख दिनु हो जस्तो व्यवहार गरेको छ । सरकारबाटै नियुक्त भएको व्यक्ति सरकारसंगै संघर्ष गरेर आफ्नो कार्यकाल बिताउँछ । भाडाको घरमा बसेर काम गर्नुपर्ने अवस्था त छ ।

 

 

 

 

                                                                                                                                                                  मेसोमेलो– यहाँको कार्यकालमा भएका सम्झन योग्य कुनै त्यस्ता कामहरु छन ? जो सरुभक्त कुलपती हुँदाको कार्यकालमा भए भनेर सम्वन्धित क्षेत्रमा मानिसहरुले सम्झिँउन् ?

– धेरै नै छन् । आठ नौ बर्षअघि स्थापना भएको नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान अहिलेसम्म भाडामा छ । मासिक ३ लाख भवनको भाडा तिरेर बसेको दयनिय अवस्था छ । सरकारसंग धेरै प्रयत्न गरेर हामीले पुरानो एकेडेमी मातहतको १५ रोपनी जग्गा प्राप्त ग¥यौ । कर्मचारीहरु अस्थायी थिए । उनीहरुलाई लोकसेवामार्फत स्थायी ग¥यौ । धेरै कार्यक्रमहरु यसअघि काठमाडौं केन्द्रित थिए । ती कार्यक्रमहरुलाई मोफसलहरुमा पु¥यायौं । मेरो कार्यकाल अघि अनुसन्धानमुलक कामहरु हुन सकेका थिएनन् । हामीले प्रदेशस्तरिय संगित, नाटक र नृत्यको अभिलेख ग्रन्थहरु तयार पारेका छौ । सातै प्रदेशका विशेषज्ञहरुलाई खटाएर त्यो अभिलेख ग्रन्थ तयार पारिएको हो । त्यो बाहेकपनि अन्य थुप्रै प्रकासनहरु हामीले गर्न सक्यौ ।

यदि सरकारले चाह्यो भने पोखरामा संगित नाट्य प्रज्ञा प्रतिष्ठान स्थापना गर्न हामी सहयोग गर्न सक्छौ भनेका हौ । हामीले सांस्कृतिक झाँकी निकालेर सरकारको ध्यानाकर्षण गरेका थियौ । मिनेन्द्र रिजालले त्यसलाई क्याविनेटमापनि लानुभएको हो तर के भएर हो क्याविनेटमा त्यो विषयमा छलफल नै भएन् । त्यो बेला माधव कुमार नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो । पछि सवै एकेडेमी काठमाडौमै रहने भनेर निर्णय भयो । सरकारले नै चाहँदैन भने हामीले के गर्न सक्छौ र ! हामीले टायर बाल्न सक्दैनथ्यौं । पोखरा बन्द गर्न सक्दैनथ्यौं ।

मेसोमेलो– कुनै बेला संगित नाट्य एकेडेमी पोखरामा ल्याउने भनेर आन्दोलन नै भएको थियो पछि तपाई त्यसैको कुलपती बनेर जानु भो । कार्यकालपनि सकिसक्नुभएको छ । त्यतिबेलाको आन्दोलन गलत थियो ? त्यो आन्दोलन के भएर थन्कियो ?

– जब सरकारले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई विघटन ग¥यो र एउटा आयोग बनाएर तीनवटा प्रज्ञा प्रतिष्ठानहरु स्थापना गर्ने तयारी गरेपछि हामीले पोखरामा एउटा भेला गरेर सरकारलाई आग्रह गरेको हो । तीनैवटा एकेडेमीहरु काठमाडौंमा रहनुभन्दा कुनै एक केन्द्रमा रहेर अरु बाहिर हुनुपर्छ भनेका हौ । यदि सरकारले चाह्यो भने पोखरामा संगित नाट्य प्रज्ञा प्रतिष्ठान स्थापना गर्न हामी सहयोग गर्न सक्छौ भनेका हौ । हामीले सांस्कृतिक झाँकी निकालेर सरकारको ध्यानाकर्षण गरेका थियौ । मिनेन्द्र रिजालले त्यसलाई क्याविनेटमापनि लानुभएको हो तर के भएर हो क्याविनेटमा त्यो विषयमा छलफल नै भएन् । त्यो बेला माधव कुमार नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो । पछि सवै एकेडेमी काठमाडौमै रहने भनेर निर्णय भयो । सरकारले नै चाहँदैन भने हामीले के गर्न सक्छौ र ! हामीले टायर बाल्न सक्दैनथ्यौं । पोखरा बन्द गर्न सक्दैनथ्यौं । हामीले आन्दोलन स्थगित गरेको अवस्थामा हामीले भन्ने हो । सम्वन्धित व्यक्तिहरुलाई भेटेर हामीले बारम्बार भन्यौ ।

 

 

                                                                                                                                                                              मेसोमेलो– यहाँले आफ्नो कार्यकाल सकेर बाहिर आईसकेपछि प्रधानमन्त्रीका नाममा एउटा खुल्ला पत्र नै लेख्नुभयो । त्यो के थियो ?

– यसको मुल कारण चैं के थियो भने नयाँ आर्थिक बर्ष शुरु भएपछि अर्थमन्त्रीले जब सदनमा बजेट भाषण प्रस्तुत गर्नु भो । बजेट भाषणमा अकस्मात अचम्भ पार्ने गरि, हामीलाई दुखपनि लाग्ने गरि यी प्रज्ञा प्रतिष्ठानहरुलाई सबलिकृत गर्नका लागि भनेर एउटै बनाईनेछ भनेर बजेट भाषणमा ल्याउनु भयो । मैले तत्काल सामाजिक सञ्जाल मार्फत विरोध गरें । जनआन्दोलनको म्यान्डेटले निर्माण भएका एकेडेमीहरु, जसले आफ्नो ईतिहास बनाईसकेका छन् । तीनको अस्तित्वपनि मेटिने गरि फेरि एउटै बनाउनु भनेको पश्चगमन हुन्छ । फेरि पञ्चायतकालमा फर्केजस्तो हुन्छ भनेर मैले असहमती जनाएँ । त्यसपछि तीनवटा कुलपतीहरु भेला भएर यो विषय विभागिय मन्त्री र प्रधानमन्त्रीलाई भेटौं भन्ने भयो । हामी तीनजना कुलपतीहरुमध्ये गंगाप्रसाद उप्रेती जेठो । उहाँकै नेतृत्वमा जाउँ न त । विभागिय मन्त्रीलाई भेटौं । प्रधानमन्त्रीलाई भेटौं भनियो । तर पछि गएर के भो भने उहाँले त असहयोग पो गर्न थाल्नु भो । यतिसम्म कि पछि त उहाँ तीनैवटा एकेडेमी एउटै बनाउनुपर्छ भन्दै सरकारी भाषा बोल्दै पो हिँड्न थाल्नु भो । पत्रपत्रिकामा समेत अरु एकेडेमीहरुले राम्रो काम गर्न नसकेको भनेर भन्दै हिँडन पो थाल्नु भो । पछि हामीले के चैं थाहा पायौ भने तीनवटालाई एकै ठाँउमा पुरानै अवस्थामा ल्याएर आफू संयुक्त प्रज्ञा प्रतिष्ठानको कुलपती हुने उहाँको सपना रहेछ भन्ने उहाँकै कथनहरुबाट बुझियो । हामीले यो विषयमा प्रधानमन्त्रीलाई भेट्नपनि खोज्यो । प्रधानमन्त्रीको समयका कारण त्यो सम्भव भएन् । पदमै रहँदा प्रधानमन्त्रीलाई के चिट्टी लेख्ने भनेर लेखिएन् । सहि कामका लागि ढिलो भएको हुँदैन भनेर मैले पछि पत्र लेखेको हुँ ।

मेसोमेलो– कुलपती र सदस्यसचिवको नियुक्तीपछि अहिलेपनि अरु कुनै नियुक्ती हुन सकिरहेको छैन् । यस्तो किन भईरहेको छ ?

– खासमा मलाई यो विषयमा बोल्नै नपरे हुन्थ्यो भन्ने लाग्छ । दशैको समयमा नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपती र सदस्यसचिवको मात्रै नियुक्ती भयो । त्यो नियुक्ती प्रकृया नै गलत छ । संस्कृति मन्त्रीको संयोजनमा जुन एउटा समिति गठन हुन्छ । त्यो समितिको सिफारिसमा सम्पूर्ण प्राज्ञ सभाका सदस्यहरुको नियुक्ती हुनुपर्छ । प्राज्ञ सभाका सदस्यहरुमध्यबाट परिषदको नियुक्ती हुने हो । एकजना कुलपती र सदस्यसचिव नियुक्त गरेर कुन आधारमा निर्णय गरेर काम गर्ने हो ? कुलपतीले कुनैपनि काम गर्दा परिषदको म्यान्डेट लिएर गर्नुपर्छ । परिषदले सभाको म्यानडेट लिएर काम गर्नुपर्छ । अब त्यहाँ कहाँ छ परिषद् ? कहाँ छ सभा ? यो त गाईजात्रै भो नि ? अरु एकेडेमीहरुमा अहिलेसम्म किन नियुक्ती हुन सकिरहेको छैन ? पहिलो चौमासिक समय गुज्रिसक्यो । पहिलो चौमासिकका लागि बिनियोजित बजेट नै फ्रिज भो नि ? सरकारले यस्तो काम गर्नु भएन् । बलियो सरकारले यस्तो निर्वलियो काम गर्नु भएन् ।

 

Share on
  • 6
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *