रुस र अमेरिकाबिच तनाव बढ्दाे

रुसका राष्ट्रपति भ्लादमिर पुटिनले क्षेप्यास्त्र निर्माणगर्ने चेतावनी दिएका छन्। अमेरिका र रुसबीच भएको शित युद्धकालिन क्षेप्यास्त्र संधीबाट अमेरिका अलग्गिए रुसले क्षेप्यास्त्र विकासगर्ने बताएको हो।

 नेटोले मंगलबार रुसले उक्त संधी तोडिसकेको आरोप लगाएपछि पुटिनले अमेरिका लगायतका नाटोमा आवद्ध देशहरुलाई आफूले क्षेप्यास्त्र विकासगर्ने चेतावनी दिएका हुन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत रुसले उक्त संधी तोडेका कारण अमेरिकाले उक्त संधीबाट अलग्गिने घोषणा गरेको बताएका थिए।

टेलिभिजन अन्तवार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले विश्वका कैयौं देशले यस संधीको उल्लंघन गरेको बताए। सन् १९७८ मा अमेरिका र रुसबीच ‘इन्टर रेन्ज न्यूक्लियर फोर्सेस’ (आइएनएफ) सन्धी भएको थियो।उक्त संधीमा तत्कालिन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र तत्कालिन सोभियत प्रमुख मिखाइल गोर्भाचेभले हस्ताक्षर गरेका थिए।

विश्वमा शान्ति स्थापना गर्नका लागि अमेरिका र रुसबीच उक्त शित युद्धकालिन सन्धी भएको थियो। यस सन्धीले ५ सयदेखि ५ हजार ५ सय किलोमिटर सम्म मार हान्न सक्ने क्षेप्यास्त्र परिक्षण तथा निर्माणलाई निषेध गरेको थियो।

गत हप्ता अर्जेन्टिनामा भएको जी२० सम्मेलनमा समेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच कुनै छलफल भएन। हालैका दिनमा रुसले युक्रेनको ३ पानी जहाज आफ्नो कब्जामा लिएको छ। रुसले ती जहाज रुसको समुद्रमा आएको तर्क गरिरहेको छ। अमेरिकाले रुसको आलोचना गरिरहेको छ। एजेन्सी

Share on
  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *