प्रमाेदकाे छातीमा मायाकाे तिर हान्ने काे हाे ? (भिडियाेसहित )

‘छातिभित्रै मायाको तिर हानिन् उनैले, हुँदैहुन्न भन्दापनि तानिन् उनैले‍‍…’  यसाे त यी शब्दहरु मुकेन्द्र पाैडेलका हुन् ।  केशव पाैडेलकाे संगितमा गायक प्रमाेद खरेलले अावाज भरेपछि नेपाली संगितपारखीहरुकाे मन पनि नजानिँदाे यहि गीत तर्फ खिचिएकाे छ ।प्रमाेदले सुझबुझसहित निरन्तर गीत सार्वजनिक गरिरहेका छन् । नेपाली संगितबजारमा उनकाे याे सुझबुझलाइ दर्शक श्राेताले राम्रै साथ दिइरहेका छन् । आफ्ना हरेक गीतले लाखौ दर्शक, श्रोताको मन जित्न सफल गायक खरेलले यो गीतमा एक सुन्दर युवतीले आफुलाई अनेकौ ईशारा र जादुले मोहित पारेको, आफुतीर तानेको मिठो भावलाई समेटेका छन् ।

नम्रता सापकोटा र सुधिर खनालको अभिनय रहेको उक्त गीतलाई राजिभ समरले कोरियोग्राफर गरेका छन् । सान थापाको निर्देशन रहेको गीतलाई गायक खरेलले आफ्नै अफिसियल युट्युवबाट सार्वजनिक गरेका हुन् ।

गायक खरेल यतिबेला चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा अाबद्ध छन् ।

Share on
  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *