वसन्त थापाको सालकाे पातकाे टपरी हुनीपछि ‘पानीले भिरालो खोज्यो’(भिडियो समेत)

एकपछि अर्को सफल लोकदोहरी दिइरहेका गायक वसन्त थापाको नयाँ गीत सार्वजनिक भएको छ।

 थापाको ‘पानीले भिरालो खोज्यो’बोलको पञ्चेबाजामा आधारित गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। गीतमा गायक थापालाई गायिका सीता श्रेष्ठले साथ दिएकी छन् भने गीतको लय तथा शब्द गायक थापाले नै तयार पारेका हुन्।

यसअघि आएका थापाका सालको पात टपरी हुनी, उही खोलीको पानी, बागलुङ बजारमा बाघको सालिक लगायतका गीत चर्चामा छन्।

नेपाली लोकदोहोरीमा अहिलेसम्मकै महँगो म्युजिक भिडियो भनेर चर्चा गरिएको उक्त भिडियो निर्माणका लागि पाँच लाख खर्च गरिएको बताइएको छ।

राजन क्षेत्री र अशोक सुवेदीको प्रस्तुति रहेको गीतको म्युजिक भिडियोमा नायिका मरिष्का पोखरेल, दुर्गेश थापा र ओवी रायमाझीका साथमा कोरशलाई प्रस्तुत गरिएको छ।

म्युजिक भिडियोको निर्देशन प्रथम खड्काले गरेका छन् भने छायाँकन सुमन कार्की, सम्पादन अनन्त कार्कीले गरेका छन्।

हेरौँ भिडियो

Share on
  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *