हानानो ओसिबाना र मिलन

  • मदन भण्डारी
    चित्र कोर्नु, फोटो खिच्नु वा कलम चलाउनु पक्कै पनि पृथक विशेषतायुक्त हुनु हो । यस्तै पृथकताले मान्छे फरक–फरक परिचय बनाएर बाँच्छ । मर्छ र पनि झट्टै सकिँदैन । यस्ता कतिपय मान्छेलाई कालले निल्नै सक्दैन । मोनालिसा पुरुष कि नारी हुन् ? हाँसेका कि रोएका ? आ–आफ्ना अड्कल–अनुमानका तर्क र विवाद गर्न सकिन्छ तर निर्विवाद सत्य चाहिँ मोनालिसाका पिता अजर–अमर छन् । संसारमा यस्ता केही मान्छेहरू छन् ती अष्ट चिरञ्जीवी होइनन् तर कहिल्यै मर्दैनन् । वर्तमानको नेपालमा नारी फाँटमा केही नारीहरू छन् जसलाई कालले खान खोज्यो भने उसैको दाँत भाँच्चिन्छ र भुँडी फुट्छ । पोखरामा मिलन शेरचन छन् । उनको सादगी र प्राकृतिक जीवन शैलीले उनलाई अमरतातिर डोहो¥याएको बोध गर्न सकिन्छ । क्यानभास, क्यामेरा र कलम घोट्ने काममा एकोहो¥याएको देख्न सकिन्छ । मिलन साधक हुन्, घन घोटेरै बञ्चरो बनाउँछिन् । सभा–समारोहमा आफूलाई सकभर लुकाएरै उपस्थिति जनाउँछिन् । अरुको सम्मान उनको हबि हो ।
    नेपाल सधैं पछौटे हुनुका कारण छन् । भारत र भ्रष्टाचार जस्तै महŒवपूर्ण अर्को कारण योग्यताको कदर नहुनु हो । अयोग्यहरू मात्रै पदमा पुग्छन् र पैसो कुम्ल्याउँछन् । पद र पैसो बाहेक पनि जीवनमा केही चाहिन्छ । यसैले मान्छे अध्यात्म, धर्म, साहित्य, सेवा, संस्कृति, राजनीति केही खोज्छ । सतहमा खोज्छ अनि पद र पैसोमै रमाउँछ । वनजङ्गल प्रेम, पशुपक्षी प्रेम, पर्यावरण प्रेम, भ्रमण प्रेम, करेसाबारी प्रेम, गीत–संगीत वा कलाकारिता मान्छेका लागि हात्तीका देखाउने दाँत हुन् । चपाउने अर्कै छ । रामका हनुमान आजकल जन्मदैनन् । हनुमानका हनुमानहरू समाजमा छ्यापछ्याप्ती छन् । हनुमानका हनुमानहरू अचम्मको स्वामीभक्ति देखाउँछन् र योग्यताको उछित्तो काड्छन् । अहिले योग्यताको अर्थ इमान्दार, विषयविज्ञ र स्वाभिमानी भई अभावग्रस्त जीवन बाँच्नु हो । ०७४ को चुनावपछि नेपालको स्थानीय तहलाई हेर्दा लखनौँको लूटको इतिहास स्मरण हुन्छ । त्यहाँको विलासिता र भ्रष्टताले भन्छ, नेपालमा संघीयता फाफ्दै फाफ्दैन ! त्यहाँका मेयरको छोराछोरी वा ज्वाइँको कुरै नगरौँ; बलत्कारी भतिजो जोगाउन पनि प्रशासनले आकास–पातल एक गरिदिन्छ ।
    दिउँसै रात पारिन्छ । कथाले भन्छ, ‘भगवान् कृष्णको सूदर्शन चक्रले अँठ्याएर घामलाई रातसम्मै डुब्न दिएन !’ यहाँ चुनाव अघि चम्केको घामलाई अहिले दलका दलालहरूले खल्तीमा हालेर हिँडेका छन् । मण्डले भनिँदा सूर्यबहादुर थापा वा कमल थापालाई बुझ्नु गल्ती हुन्छ । सत्ताका आडमा गुण्डागर्दी गर्ने सबै मण्डले हुन् । पञ्चायतको बेला पत्रकार पद्म ठकुराठीलाई मण्डलेहरूले गोली ठोकेका थिए । आज अनाहकमै साना कर्ममचारीको रोजीरोटी खोसेर लालाबालाको बिजोक पार्नेहरू मण्डले हुन् । ती बारे हिन्दी फिल्म ‘व्रmान्तिवीर’मा नाना पाटेकर प्रभावशाली डाइलग बोल्छन्, ‘गुलामी करने की आदत पडी है । पहले राजा–महाराजा ओँकी गुलामी की फिर गद्दार नेताओँ और गुण्डोँकी गुलामी कर रहेँ हेँ । उपरवाले भी उपर से देखता होगा तो उसे भी शरम आती होगी । सोँचता होगा–मैने सब से खुबसुरत चिज बनाई थी इन्सान, इन्सान; नीचे देखा तो सब कीडे बन गए, कीडे । कीडे ! रीङ्ते रहो !’
    ‘धेरै त आचीका कीरा जस्तै रैछन् नानी !’ मिलन शेरचन पत्रकार युवतीलाई भन्दै थिइन् । कामको धपेडी र ठालूका धोकाधडीले म्याम अलि आव्रmोशित बनेकी थिइन् । २०७४ भदौ ११ गते ११ बजेतिर पोखरा महेन्द्रपुल आर्ट ग्यालेरीमा फोटो प्रदर्शन हुँदै थियो । मिलन शेरचनले ‘सुन्दर पोखराका कर्मठ नारीहरू’ सय जनाभन्दा बढीको फोटो र चिनारी राखेकी थिइन् । ८, ९ र १० को कार्यक्रमलाई एकदिन बढाइएको थियो । एउटा फोटोमा असहाय उर्मीला लामा नामकी किशोरी थिइन् । बिरामी अवस्थामा कतैबाट सहायता नजुट्दा मिलनजीको सौजन्यमा डा. भगवान् कोइरालाको उपचार पाइरहेकी । रोगी, खिन्याउरी तिनी उपचारपछि तन्दुरुस्त, हिस्सी परेकी राम्री देखिएकी थिइन् । जँड्याहा बाबुबाट परित्यक्क्त बालकलाई पनि मिलनजीले स्याहार दिने र स्कुल पठाउने काम गरेकी रहिछन् । भूकम्प र बाढीका बेला मिलन शेरचनको पहलमा राहत वितरण भैरहेको फोटोमा चित्र आफैँ बोल्थ्यो । मिलन शेरचन दर्शकको स्वागत गर्न, ब्रिफिङ् गर्न, पानी र फलहरू बाँड्न आफै भ्याउँथिन् । समाचारपत्रको कटिङ् राख्न सहयोगीलाई अराउँथिन् ।
    ‘प्रदर्शनीमा सम्मानित प्रतिभा त सबै आए आन्टी ?’ पत्रकार बिनिताले सोधिन् । ‘आएनन् नानी, धेरैले भ्याएनन् !’ मिलन यता बोल्थिन् र स्वदेशी–विदेशी दर्शकहरूलाई स्वागत् गर्न पुग्थिन् । चरम असंगतिको यो बेला सङ्गति खोज्ने मिलन शेरचनको काम प्रसंशनीय मात्रै होइन, अनुकरणीय हो । मिलन भन्थिन्, ‘तयारी चाउचाउ खाने बानी बस्यो, मैले जापानमा सिकेको सीप यहाँ सिकाउने केही प्रयत्न गरें तर झारपात सुकाउन र कला खोज्न मान्छेहरू झञ्जट मान्छन्, गाह्रो छ ।’ नेपालकै पहिलो नौलो कलाका रूपमा नेचुरल ड्राइ लिफ आर्टको संयोजन गरिएछ । यसलाई जापानी भाषामा ‘हानानोओसिबाना’ भनिँदो रहेछ । पोखरेली साक्षरको मुखमा प्रायः यो शब्द झुण्डिएको पाइन्छ । मायाको चिनो, उपहार, कोठा, कार्यालय, होटल आदि ठाउँ सजाउन यहाँ उत्पादित सामाग्रीले मन लोभ्याउँछ । हानानोओसिबानाले मिलन शेरचनलाई ‘प्रथम नेपाली महिला’को परिचय प्रदान गरेको छ । यो परिचय र चोखो सेवाभावको जीवन शैलीले मिलन शेरचन अमरता प्राप्तिको दिशामा उन्मुख छिन् ।
    वातावरणलाई नियालौँ करको मारमा निमुखालाई फसाइँदैछ । इतिहास सम्झौँ, सन् १८१६ मा सुगौली सन्धिपछि नेपाल शोकमा डुबेको थियो । सन् १८४६ को कोत पर्वपछिको समयलाई ‘नेपालको ऐतिहासिक रूपरेखा’ पृष्ठ ३२१ मा वालचन्द्र शर्माले यस्तो लेखेका छन्, ‘जङ्गलबहादुरले एकाएक चिताएभन्दा बढी अधिकार पाए । शासन परिवर्तनसँगै नेपालको वैदेशिक नीति र गृह–नीतिले पनि नितान्त भिन्न बाटो समात्यो !’ अहिले समातिएको ‘भिन्न बाटो’ बाट गन्तव्यमा पुगिने सम्भावना अत्यन्तै क्षीण बनेको छ ।
    बादलमा देखिएको चाँदीको घेरा नै ठान्नु पर्छ–मिलन शेरचनको कामलाई । भीमनिधि तिवारी कविता लेख्थे, ‘तँ के ठूलो म पो ठूलो !’ यस्तो बेला मिलन शेरचनले सुन्दर पोखराका कर्मठ नारीहरू’ देखिन् र फोटो प्रदर्शनी भाग–२ को कार्यक्रम तय गरिन् । यसअघि नै भाग–१ सम्पन्न भैसकेको थियो ।
    ‘नालापानी किल्लामा नलिई आराम छिन्भर । खुबैसित लडे रे बलभद्र कुँवर …।’ हो, हामीले इतिहासका केही वीर पुरुषका नाम सङ्गालेका छौं तर सँगै लड्ने वीराङ्गनाहरू अज्ञात छन् । इतिहासको यहीँ पीडाले होला मिलन शेरचनले पोखराका केही कर्मठ नारीका अभिलेख तयार गरेकी छिन्, ‘शितल थापा, सानु जोजिजु, विद्या कायस्थ, अर्जना प्रधान, शशी शेरचन, सरिता तिमिल्सिना, खिमा गुरुङ, विमला भण्डारी, दुर्गा अधिकारी, शान्ति राणा, पुनम थापा मगर, बिनु सुवेदी, दुर्गा राना मगर, अनिषा श्रेष्ठ, सँगीता बज्राचार्य, मीरा शेरचन, हिरादेवी शर्मा, दुर्गा भट्टचन, सुलोचना खनाल, रश्मि ढेवाजु, इन्द्रकमल मानन्धर, मञ्जुदेवी गुरुङ, पुनम गौचन, विष्णु गुरुङ, सीता बराल, गोमा ढकाल, गीता तिवारी, सविता शेरचन, सीता गुरुङ, मीना पराजुली, डा.अनिषा श्रेष्ठ, डा.इभा गौचन, डा.सुभेच्छा क्षेत्री, जानुका थापा, जमुना भट्टराई, निर्मला अधिकारी, सरलाकुमारी पाण्डे, भुवन पराजुली, शोभाकुमारी थेबे, शान्ता श्रेष्ठ, निलम गौतम, शशि श्रेष्ठ, शर्मीला न्यौपाने, निशा पन्थी, नताशा श्रेष्ठ, नितिका सुनुवार, प्रतिभा भुजेल, तृषा श्रेष्ठ, देवकुमारी हिराचन, मनु हिराचन, सपना गुरुङ, रिश्मा गुरुङ, जसु गुरुङ, रजनी वजिमय, सजनीमाजु श्रेष्ठ, तुलसी बराल, जानकी घिमिरे, इन्दिरा पन्त, गौरी तमु, कञ्चन गुरुङ, इन्दुपुरी क्षेत्री, लक्ष्मी पौडेल, सुशील राना, विना कुमारी सिलुवाल, सभनम शर्मा, सतकुमारी शेरचन ।’ सबैको ठेगाना, सम्पर्क नम्बर, पद, संस्था उल्लेख गरिएको छ । मिलनजीको एकल प्रयत्नको पहुँच अनुसार कति छुटेपनि होलान् । ती पछि समेटिएलान् । आफ्नो माना खाएर, आफ्नै छानामा बसेर मिलन शेरचन जे गर्दैछिन् त्यो सलामयोग्य छ । हानानोओसिबाना र मिलन शेरचन पर्यायबाची शब्द बनेका छन् । बधाई र शुभकामना !
Share on
  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *