नेपाल ‘फास्टेस्ट ग्रोइङ टुरिस्ट डेस्टिनेसन’को छैटौं स्थानमा

इजिप्ट विश्वकै  ‘फास्टेस्ट ग्रोइङ टुरिस्ट डेस्टिनेसन’ र फ्रान्स धेरै पर्यटकले भ्रमण गर्ने राष्ट्र रहेको संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संस्थाको तथ्यांकले देखाएको छ।

२०१७ मा मात्र इजिप्ट भ्रमण गर्ने पर्यटकको संख्या ८६ लाख पुगेको डेलिमेलले जनाएको छ। २०१६ मा इजिप्ट घुम्ने पर्यटकको संख्या मात्र ५२ लाख रहेको थियो। रसियन चारटर विमान डुब्नु र होस्नी मुबारकको शासन विरुद्धको आन्दोलनले पर्यटकको संख्यामा कमी आएको बताइएको छ।

यस्तै अफ्रिकन राष्ट्र टोगो विश्वकै उदयमान पर्यटकीयस्थलमा दोस्रो स्थानमा रहेको छ। एटलान्टिक कोस्टमा रहेको समुन्द्री किनार र उत्तरी क्षेत्रका जंगली क्षेत्रको भ्रमणका लागि पर्यटकहरु टोगो पुग्ने गरेका छन्। तेस्रो उदयमान राष्ट्रमा भियतनाम र चौथोमा प्यालेस्टाइन रहेको छ।

साउथ प्यासिफिकमा रहेको सानो टापु पाचौं स्थानमा रहँदा नेपाल भने छैटौं स्थानमा रहेको छ। नेपालमा पर्यटक आगमनको संख्या लगभग २४.९ प्रतिशतले वृद्धि भएको रिपोर्टमा जनाइएको छ।

सबैभन्दा धेरै पर्यटकले भ्रमण गर्ने राष्ट्रमा भने फ्रान्स रहेको छ। करिब ८ करोड ७० लाख पर्यटक फ्रान्स भ्रमणमा पुगेको बताइएको छ। यस्तै लगभग ८ करोड १८ लाख पर्यटक सहित स्पेन द्रोस्रो स्थानमा र ७ करोड ६० लाख पर्यटक सहित अमेरिका तेस्रो स्थानमा रहेको छ। चौथोमा चीन रहँदा पाचौंमा इटाली रहेको छ।

Share on

Leave a Reply

Your email address will not be published. Required fields are marked *