हिट र हट अनुष्का, जाे बलिउडका तीनै खानसंग सफल रहिन्

बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्माको नाम दमदार अभिनय गर्ने नायिकाहरुकाे सुचिमासमेत अग्रस्थानमा पर्छ। १९८८ मे १ मा जन्मिएकी बलिउड अभिनेत्री अनुष्का शर्मा यतिवेला ३० वर्षे उमेरकाे वहावमा छिन् ।

२००७ मा मोडलिङबाट आफ्नो करियर सुरु गरेकी शर्मा शाहरुखको जोडीका रुपमा सन् २००८ काे रब ने बनादी जोडीबाट बलिउडमा डेब्यु गरेकी हुन्। बलिउडमा खानहरुस‌ंग डेभ्यु गर्नु अाफैमा शानदार मानिन्छ । हुनपनि अनुष्काकाे उपस्थिति त्यस्तै शानदार रह्याे । उनलाइ पहिलाे फिल्मबाटै फिल्म फेयर अवार्डका लागि नाेमिनिज गरियाे ।

बलिउडका तिनै खानसंग फिल्म गरिसकेकी अनुष्काले रणविर सिंहसंग बैण्ड बाजा बारात-2010, शाहरुखसंग जब तक है जान-2012, अमिर संग पिके-2014, सलमानसंग सुल्तान- 2016, एनएच-10, रणविर कपुरसंग ए दिल है मुस्किल तथा अन्य फिल्महरुमा मटरुकि विजलीका मण्डाेला, बदमास कम्पनी, पटियाला हाउसजस्ता फिल्महरु छन् भने सञ्जु, सुइधागा, जिराे लगायतका फिल्महरु रिलिजकाे क्रममा छन् ।

बलिउडमा राम्रो पकड जमाइसकेकी अनुष्का सपिङ गर्न औधी रुचाउने र सानो सानो कुरामा झर्किने उनलाइ जान्नेहरु बताउँछन्।

भारतीय क्रिकैट टाेलीका क्याप्टेन क्रिकेटर विराट कोह्लीसँग वैवाहिक जीवनमा बाँधिएकी अनुष्काकाे विहेलाइ लिएरपनि भारतमा निकै हंगामा भएकाे थियाे ।

Share on

Leave a Reply

Your email address will not be published. Required fields are marked *