गुलाबको सुगन्ध अझ मधुर हुनसक्ने

गुलाबको सुन्दरता र सुगन्धको रहस्यबारे विस्तृत अध्ययन गरेका वैज्ञानिकहरुले हालै एक तथ्य सार्वजनिक गरेका छन् ।

करिब ८ वर्ष लगाएर गरिएको यो आनुवंशिक अध्ययनबाट केही अनौठा तथ्यहरु समेत सार्वजनिक भएका हुन्।

गुलाबको एक प्रमुख विशेषता भनेको यसको रङ र सुगन्धको विविधता हो। अनुसन्धानकर्ताहरुका अनुसार भविष्यमा अझै धेरै रङका गुलाब विकसित हुनेछन्। त्यस्तै यसको सुगन्ध पनि अझ मीठो हुनेछ।

गुलाब आनुवंशिक रुपमा स्ट्रबेरीसँग निकट रहेको तथ्य पनि उनीहरुले फेला पारेका छन्।

यसको सुगन्ध, रङ र फूलको आयुबारे फ्रान्स, जर्मनी, चीन र बेलायतका अनुसन्धानकर्ताहरुले अध्ययन गरेका थिए।

हजारौँ वर्षअघि सम्भवतः चीनबाट यसको खेती सुरु भएको थियो। रोमन साम्राज्यको समयमा अत्तर बनाउन यसको खेती गरिन्थ्यो।

यो अध्ययनले नयाँ प्रजातिका गुलाबको फूल विकास गर्न सहज हुने बताइएको छ। एजेन्सी

Share on

Leave a Reply

Your email address will not be published. Required fields are marked *