फिल्म एलीको गीत सार्वजनिक

नेपाली कथानाक चलचित्र एलिले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । ‘जबदेखि म तिम्रो नजिक नजिक आएँ..’ बोलको गीत सार्वजनिक गरेर आफ्नो फिल्मको प्रचारप्रसारलाई अगाडी बढाएको निर्माता हर्क गुरुङले बताएका छन् ।

सामाजिक कथाबस्तुमा आधारित फिल्म एलीमा समाविष्ठ ‘जबदेखि म तिम्रो नजिक नजिक आएँ..’ बोलको गीतमा नरजंग गुरुङ र पुनम गुरुङले आवाज दिएका छन् । बिनोद रसाईली र नरजंग गुरुङकै शव्द तथा संगितमा तयार गीतलाई विनोद रसाइलीले एरेञ्ज गरेका हुन् ।
खिम थापाले छायाँङकन गरेको गीतलाई रोहन नेपालीले कोरियो गरेका छन् भने नेत्र गुरुङले सम्पादन गरेका हुन् । हर्क बहादुर गुरुङको निर्माणमा बनेको चलचित्र एलिलाई प्रितम गुरुङले लेखेका हुन् भने प्रितमले नै फिल्मको निर्देशन गरेका छन् । बेब्स क्रियशनमार्फत बजारमा आउन लागेको चलचित्रमा नरजंग गुरुङ, धनकुमारी गुरुङ, एलिना राई लगायतका कलाकारले अभिनय गरेका छन् ।
फिल्मको पहिलो गीतलाई दर्शकहरुले मन पराएको निर्देशक प्रितम गुरुङले बताए । फिल्म नेपाललगायत अन्य देशमा समेत प्रदर्शन गरिने निर्माणपक्षले बताएको छ ।

Share on
  • 120
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *